Breaking News.... EverestOnlineKhabar
June 4, 2026

स्थानीयको कुटपिटपछि पाँचथरको हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्षको मृत्यु

Loading

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको स्थानीयवासीको कुटपिटबाट मृत्यु भएको भएको छ । हिलिहाङ ७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई चैत ११ गते कुटपिट गरेका थिए ।

कुटपिटबाट तिम्सिना गम्भीर घाइते भएका तिम्सिनाको फिदिमस्थित पाथीभरा अस्पतालमा उपचारकाक्रममा निधन भएको हो ।

सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर तिम्सिनामाथि कुटपिट गरिएको थियो । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed