Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पानीजहाज कम्पनीहरु राष्ट्रसंघको ‘ब्ल्याकलिष्टमा’

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्रा्ष्ट्रिय प्रतिबन्धहरू छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज सेवा कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ।

सामुद्रिक मार्गबाट तेल र कोइला जस्ता वस्तुको तस्करीविरूद्ध कारबाही गर्ने कदमस्वरूप संयुक्त राज्य अमेरिकाले गत महिना त्यस्तो प्रस्ताव गरेको थियो।

प्रतिबन्ध लगाइएका तेल ट्याङ्कर र कार्गो पानीजहाजहरूलाई बन्दरगाह प्रवेशमा विश्वव्यापी रोक लगाइएको छ भने कम्पनीहरूको सम्पत्ति रोक्का गरिएको छ । राष्ट्रसंघबाट प्योङयाङलाई तोकेर दिइएको यो अहिलेसम्मकै ठूलो दण्ड हो।

उत्तर कोरियाले पहिल्यैदेखि कैयौँ अन्तर्रा्ष्ट्रिय प्रतिबन्धहरू झेलिरहेको छ। अमेरिकाले उत्तर कोरियाली पारमाणिक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर प्रतिबन्ध लगाएको छ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले पछिल्लो कदमले उत्तर कोरियाली शासनमाथि ’अधिकतम दबाब कायम राख्न अन्तर्रा्ष्ट्रिय समुदाय एकढिक्का रहेको स्पष्ट सन्देश दिएको’ बताएकी छन्।

एक्ल्याइएको उत्तर कोरिया सन् २००६ यता कैयौँ चरणको अन्तर्रा्ष्ट्रिय प्रतिबन्धहरूबाट गुज्रिरहेको छ। ती प्रतिबन्धहरूका कारण उत्तर कोरियाका अधिकांश निर्यात बन्द भएका छन् भने तेल आयात सीमित हुन पुगेको छ।

पछिल्लो प्रतिबन्ध उत्तर कोरियाको पानीजहाज सञ्चालनप्रति मात्रै नभइ प्योङयाङसँग व्यापार गर्ने चिनियाँ कम्पनीहरूप्रति पनि लक्षित छ।

राष्ट्रसंघको सूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, मूल चिनियाँ भूभागका दुईवटा, ताइवानका दुईवटा र पनामा तथा सिंगापुरका एकरएकवटा कम्पनी परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed