![]()
काठमाडौं । पूर्व गृहमन्त्री एवम नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । त्यसअघि बिहान पार्टी कार्यालय सानेपामा खड्काको शव श्रद्धाञ्जलीका लागि राखिने प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
शुक्रवार साँझ नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका नेता खड्काको शव शनिवार राती मात्रै काठमाडौं ल्याइंदै छ । कागजपत्र लगायतका प्रक्रिया मिलाउन समय लाग्ने भएकाले शव ल्याउन ढिलाइ भएको कांग्रेस नेता शंकर भण्डारीले जानकारी दिनुभयो । शनिवार राती खड्काको शव सानेपास्थित उहाँकै निवासमा राखिने छ ।
खड्काको निधनमा नेपाली कांग्रेस लगायत बिभिन्न दलका नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन ।
खड्का केही समयदेखि मिर्गौला, छाती र नसाको समस्याबाट पीडित हुनुहुन्थ्यो ।


