![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीविरुद्ध शून्य शहनशीलताको नीति लिदै आक्रमणमा उत्रिने उद्घोष गरेका छन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध ‘आक्रमण’ मा उत्रिन आफनो सरकार प्रतिबद्ध रहेको बताएका हुन ।
प्रधानमन्त्री ओलीले वैशाख ५ गते आफूले बालिका भर्ना गरेर निरक्षरता उन्मूलनको थालनी गर्ने पनि बताए । उनले निरक्षरता कुनै समय थियो भन्ने बनाउने वचनवद्धतासमेत व्यक्त गरे ।
यस्तै, प्रधानमन्त्री ओलीले १ वैशाखमा रारा पुगेर पर्यटन भित्र्याउने विगुल फुक्ने जानकारी पनि गराए । उनले भने– “चैत ३० गतेको रारा जान्छु, त्यहाँ गएर त्रिपालमा सुत्छु,” उनले भने, “भोलिपल्टै पर्यटक आगमनका लागि आह्वान गर्छु । कर्णाली क्षेत्रको पहिलो पर्यटक मै हुन्छु ।”
प्रधानमन्त्री ओलीले नेत्रबिक्रम चन्द नेतृत्वमो माओवादीलाई व्यङ्ग्य गर्दै चन्दा उठाएर खान पल्किएकाले संविधान नमान्ने भनेको सुन्दा अचम्म लागेको बताए ।


