![]()
काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सरकारमा सहभागी हुने बिषयमा सरकार र आफनो पार्टीबीच अहिलेसम्म कुनै छलफल नभएको बताएका छन ।
राजपा नेपालको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुका लागि आयोजना गरिएको कार्यक्रममा संयोजक महन्थ ठाकुरले यस्तो दाबी गरेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागि हुनका लागि प्रस्ताव गरेपनि त्यसपछि कुनै छलफल नै अगाडि नबढेको ठाकुरले बताए ।
राजपाको प्रमुख एजेण्डा संविधान संशोधन र नेता कार्यकर्तामाथि लगाइएका झुठा मुद्धाहरु फिर्ता लिनुपर्ने रहेको ठाकुरले स्पष्ट पारे । प्रधानमन्त्री ओलीलाई समेत यस विषयमा स्पष्ट पारेको ठाकुरले सांसदहरुलाई सुनाए ।
ठाकुरले भने ‘हाम्रो मुद्धामा सरकार प्रष्ट नभएसम्म र प्रष्ट धारणा नआएसम्म पार्टी सरकारमा जाँदैन’


