Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बीबीसी । फ्रान्समा राष्ट्रपति एमानुएल माक्रोंले चालेका सुधारका नयाँ कदमहरू अन्तर्गत अब बालबालिकाहरूले ६ वर्षको उमेरमा नभई तीन वर्षको उमेरबाट विद्यालयका पढाइहरू शुरु गर्ने भएका छन् ।

यी परिवर्तनले फ्रान्सलाई युरोपकै एउटा सबैभन्दा कम उमेरमा बालबालिकालाई विद्यालयमा भर्ना गराउने देश बनाउनेछ । तर यो प्रावधानले एकदमै थौरै बालबालिकालाई मात्रै प्रभावित गर्नेछ।

बहुसंख्यक अभिभावकहरूले पहिल्यै देखी नै तीन वर्षको उमेरमा आफ्ना सन्तानहरूलाई विद्यालयमा भर्ना गर्दै आएका छन् ।
सरकारी आँकडाले मात्रै २ दशमलब ४ प्रतिशत केटाकेटीहरु उक्त उमेरसम्म विद्यालयमा भर्ना नभएको देखाउँछ। राष्ट्रपति माक्रोंले शिक्षामा रहेका विभेद अन्त्य गर्ने उद्देश्यले उक्त परिवर्तनहरू प्रस्ताव गरिएको बताएका छन्। उनले फ्रान्सका विपन्न क्षेत्र र मूलभूमि बाहिरका क्षेत्रमा बस्ने परिवारहरूले कम उमेरका सन्तानलाई विद्यालय पठाउने सम्भावना कम रहेको पनि उल्लेख गरे।

प्यारीसमा ९३ प्रतिशत तीन वर्षका बच्चाहरू विद्यालयमा भर्ना भएका छन् तर कतिपय अन्य भूभागमा उक्त दर अझै कम रहेको बताइन्छ। मंगलबार बोल्दै राष्ट्रपति माक्रोंले सन् २०१९ मा कार्यान्वयनमा आउने उक्त बाध्यकारी व्यवस्थाले गल्ती सच्याउने विश्वास व्यक्त गरे।

कति वर्षको उमेरमा बालबालिकाले औपचारिक शिक्षा शुरु गर्नुपर्छ भन्ने विषयलाई लिएर प्रशस्त बहस भएका छन्।
सन् २०१५ मा प्रकाशित एउटा अध्ययनले ढिलो विद्यालय जीवन शुरू गरेका बालबालिकाहरू कक्षामा लापरवाह हुने वा बढी क्रियाशील हुने सम्भावना कम रहेको देखाएको थियो। शैक्षिक कारणले युरोपमा सबै भन्दा तीन सफल देशहरू फिनल्याण्ड पोल्याण्ड र इस्टोनियामा सात वर्षको उमेरमा विद्यालयमा भर्ना लिने गरिन्छ।

तर ती देशहरूमा बच्चाहरु बालकक्षामा जाने गर्छन जहाँ उनीहरुले खेलका माध्यमबाट केही सिक्ने समेत गरेका छन्। ती देशमा कक्षाकोठाका आकारहरू पनि साधारणतया सानो नै हुने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed