Breaking News.... EverestOnlineKhabar
June 4, 2026

चलचित्र ‘सत्रु गते’ हेरेपछि पूर्वप्रधानमन्त्री झलनाथले दिए यस्तो प्रतिक्रिया

Loading

काठमाडौ,चैत ।
शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सत्रु गते’ ले दर्शकको मन जित्दै गएको छ । चलचित्र हेरेपछि बरिष्ठ राजनीतिज्ञहरु पनि उत्साहित देखिएका छन् । प्रदर्शनको चौथो दिन यो चलचित्र हेर्न पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल हल पुगे । काठमाण्डौको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीसहित नेताहरु भिम रावल, देवेन्द्र पौडेल, ठाकुर गैरे, जीवनराम श्रेष्ठ पुगेका थिए । खनालले चलचित्र हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले यसको व्यवस्था मिलाएको थियो ।
नेताहरु हल पुगेको थाहा पाएपछि यसका कलाकार पनि सिटी म्याक्स पुगेका थिए । अधिकांश राजनीतिज्ञ चलचित्र हेर्न हल पुगेका थिए ।
चलचित्र हेरिसकेपछि नेता खनालले चलचित्र निकै रमाइलो बनेको प्रतिक्रिया दिए । उनले चलचित्रको चर्चा सुनेर आफू हलमा आएको र पुरा समय चलचित्र हेरेको बताए । उनले मह जोडीको कामको प्रशंसा गरेका छन् । प्रदिप भट्टराइको निर्देशनमा बनेको यो चलचित्रले ३ दिनमै ३ करोड माथिको ग्रस कलेक्शन गरिसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed