![]()
काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा असनबाट हनुमानढोका पुर्याइएको छ ।
परापूर्व कालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ ।
सोही परम्परा अनुसार करुनानायम देवताको जात्रा चलाउँदा अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने गरिन्छ । यो रथलाई असन, ईन्द्रचोक, हनुमानढोका, लगन हुँदै मच्छिन्दबहाल पुर्याइन्छ ।


