Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बिदेशी कुटनीतिज्ञलाई प्रधानमन्त्रीको ब्रिफिङः ‘नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतामा सम्झौता हुँदैन’

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतामा आँच आउने कुनै गतिविधि नगर्न सचेत गराउनु भएको छ ।

युरोपियन युनिएन (ईयू) ले हालै सार्वजनिक गरेको प्रतिवेदनको चौतर्फी बिरोध भएपछि प्रधानमन्त्री ओलीले सबै कुटनीतिज्ञलाई मर्यादामा बस्न घुमाउरो ढंगले सचेत गराउनु भएको हो । ओलीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालका साथै अर्थमन्त्री युवराज खतिवडालाई साथमा राखेर कुटनीतिज्ञहरुलाई नेपाल सरकारको प्राथमिकता र नीतिबारे ब्रिफिङ गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकताबारे ब्याख्या गर्दै मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्नु आफनो पहिलो दायित्व भएको बताउनुभयो । नेपाल कुनै पनि बाहृय देशको उपनिवेश नरहेको र सार्बभौमसत्ताको आफ्नो इतिहास रहेको भन्दै उहाँले सरकार राष्ट्रिय हितहरुको संरक्षण गर्न प्रतिवद्ध रहेको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिवद्ध रहेको जानकारी गराउँदै सामाजिक न्याय र समानताबाट दीगो विकासतर्फ उन्मुख हुने योजना सुनाउनुभयो । उहाँले विभिन्न बहानामा सामाजिक सद्भाव र एकता खलबल्याउने प्रयास भएपनि त्यसलाई निस्तेज पार्न आफू सक्षम रहेको उल्लेख गर्नुभयो । यस्तै, सरकार सुशासनप्रति प्रतिवद्ध रहेको र सरकारको नीति तथा कार्यक्रमलाई यसले नै निर्दे्शित गर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed