Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पोर्चुगलमाथि नेदरल्याण्ड्सको शानदार जित

Loading

एजेन्सी,चैत ।
रुसमा हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल नेदरल्याण्ड्ससँग ३ – ० ले पराजित भएको हो । नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, रायन बाबेल र भिर्गिल भान डिज्कले समान एक एक गोल गरे । दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको पोर्चुगलविरुद्ध नेदरल्याण्डस्ले तीनै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको ११ औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्याण्डस्लाई सुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा बाबेलले गोल गर्दै नेदरल्याण्डस्को अग्रता दोब्बर बनाए । खेलको ४५ औं मिनेटमा डिज्कले गोल गरेपछि नेदरल्याण्डस् पहिलो हाफमा ३–० ले अघि रह्यो । पहिलो हाफमा फराकिलो अन्तरले पछि परेको पोर्चुगलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो । तर, पोर्चुगलले गोल फर्काउन सकेन । खेलको ६१ औं मिनेटमा जोओ कान्सेलोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटियो ।

दोस्रो हाफमा पोर्चुगल १० खेलाडीमा सीमित भएपनि नेदरल्याण्ड्सले थप गोल गर्न सकेन र खेल ३–० ले आफ्नो बनायो । आगामी जेठमा हुने रुस विश्वकपमा पोर्चुगल समूह बि मा रहेको छ । पोर्चुगलले स्पेनविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । नेदरल्याण्ड्सले भने यो पटकको विश्वकपमा स्थान बनाउन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed