Breaking News.... EverestOnlineKhabar
June 4, 2026

आज नेपाल र यमन भिड्दैः नेपालका लागि खेल प्रतिष्ठा मात्रै

Loading

काठमाडौ,चैत ।
एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल यमनसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका खेलेको पाँच खेलमध्ये तीनमा हार र दुई बराबरी खेलेको नेपालका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।
नेपालको छनोट हुने सम्भावना सकिएको छ । तर यमनका लागि यो खेल निकै महत्वपूर्ण छ । समूह एफ मा एक जित र चार बराबरीसँगै सात अंक बनाएको यमनले नेपाललाई हराएमा सन् २०१९ मा हुने एएफसी एसियन कपमा छनोट हुनेछ ।
विश्व वरियताको १४० औं स्थानमा रहेको यमनलाई नेपालले पहिलो लेगमा गोलरहित बराबरीमा रोकेको थियो । यो खेल हल्चोक मैदानमा भएको थियो ।
यसअघि नेपाल र यमन तीनपटक आमनेसामने भएका छन् । हल्चोक मैदानमा खेल्नुअघि सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० ले पराजित भएको थियो । सन् २००० मा एसियन कप छनोटमा नै नेपाल ३–० ले पराजित भएको थियो ।
कतारको दोहामा रहेको सुहेम बिन हमाद रंगशालामा हुने नेपाल र यमनबीचको खेल नेपाली समय अनुसार राती ९ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed