![]()
काठमाडौं । सरकारले प्रदेश प्रमुखदेखि जिल्ला समन्वय समितिका प्रमुखसम्मलाई कुटनीतिक राहदानी र नगरपालिका तथा गाउँपालिका प्रमुखलाई विशेष राहदानी प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउने र गाउँपालिका अध्यक्षहरुले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको जानकारी दिए ।
बैठकले रक्षाको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । चुनावको समयमा भएका बम विस्फोटका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि भएको छ ।


