![]()
ताप्लेजुङ । दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित सीसी क्यामेरा बिग्रेका छन । तीन महिनादेखि बिग्रेका क्यामरा रकम अभावमा मर्मत पनि गरिएको छैन ।
बजार क्षेत्रमा जडित १३ मध्ये ६ वटा क्यामेरा तीन महिनादेखि कामै नगर्ने भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रकम नहुँदा मर्मत गर्न नसकेको सिसी क्यामेरा सञ्चालन तथा मर्मत संभार उपसमितिका संयोजक तारानाथ घिमिरेले बताए ।
बजार क्षेत्रमा हुने चोरीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुई वर्षअघि बजार क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।


