Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पुज्डमोन पक्राउ परेपछि क्याटलोनिया तनावग्रस्त, एक सय भन्दा बढी घाइते

Loading

बीबीसी । स्पेनको क्याटलोनिया राज्यका पूर्वनेता कार्लस पुज्डमोनलाई जर्मनीमा पक्राउ गरिएपछि क्याटलोनियामा प्रदर्शन चर्किएको छ । प्रदर्शनकाक्रममा प्रहरीसँगको भएको झडपमा एकसय भन्दा बढी घाइते भएका छन ।

बेल्जियमतर्फ जानेक्रममा डेनमार्कको सीमा पार गरेपछि पुज्डमोन युरोपियन पक्राउ पुर्जीका आधारमा पक्राउ परेका हुन् । उनी गत बिहीबारदेखि फिनल्यान्ड भ्रमणमा थिए ।

स्पेनमा राज्यद्रोह गरेको आरोपमा पुज्डमोन खोजीको सूचीमा थिए । गत अक्टोबरमा स्पेनबाट क्याटलोनिया अलग हुने पक्षमा जनमतसंग्रह गराएयता पुज्डमोन बेल्जियममा स्वनिर्वासनमा थिए । उनीविरुद्धको आरोप प्रमाणित भए उनलाई ३० वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।

स्पेनले उक्त जनमतसंग्रहलाई अस्वीकार गरेको थियो । जनमतसंग्रहपछि मड्रिड सरकारले क्याटलान क्षेत्रीय संसदलाई बर्खास्त गर्दै प्रत्यक्ष शासन लागू गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed