Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले दुई कास्य पदक जितेको छ । नेपालले सोमबार रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषमा कास्य पदक जितेको हो ।

ढाकास्थित बिकेएसपी कम्पाउन्डमा भएको खेलमा रिकर्भ मिक्सतर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टिमले श्रीलंकालाई पराजित गर्दै कास्य पदक जितेका हुन ।

दुबै टिमले समान दुई दुई सेट जितेर ४–४ अंक बनाएपछि सुटअफमा नेपाल ५ – ४ ले विजयी भएको थियो । यसअघि एलिमिनेसन राउण्डमा मगर अवालेको टिम बंगलादेशको टिमसँग १–३ को सेटमा २–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो ।

सोमबार नै नेपालको कम्पाउण्ड पुरुष टिमले कास्य पदक जितेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजित कुमार अग्रवाल र अभिशेक राज प्रधानको टिमले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै काश्य जितेको हो ।

च्याम्पियनसिप अन्तर्गत नै नेपालको रिकर्भ पुरुष टिम भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भएको छ रिकर्भ अन्तर्गत नै नेपालको महिला टिम पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed