![]()
एजेन्सी,चैत ।
थाईल्याण्डको पूर्वी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । थाईल्याण्डको नखोन रत्चासी प्रान्तमा भएको बस दुर्घटनामा अन्य कयौं यात्रुहरु घाइते भएका छन् ।
यात्रुबाहक दुई तले बस सडकबाट चिप्लिएर रुखमा ठोक्किदा दुर्घटना भएको बताइएको छ । बसमा ५० जना यात्रु छुट्टिपछि घर फर्किरहेका बेला दुर्घटनामा परेका हुन् ।
प्रान्तका आपतकालिन विभागका प्रमुख सुतेप रून्ताविलले दुर्घटनामा परि १२ महिला, ५ पुरुष र एक बालक गरी १८ जनाको मृत्यु भएको बताएका छन् ।


