![]()
एजेन्सी,चैत ।
उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी अधिकारीबीच फिनल्यान्डमा भएको अनौपचारिक भेटवार्ता बुधबार अन्त्य भएको छ । यससँगै फिनल्यान्डको विदेश मन्त्रालयले उक्त बैठक प्रभावकारी रहेको बताएको छ । तीनैवटा मुलुकबाट गरि १८ प्रतिनिधिहरुको सहभागीता रहेको यस बैठकमा अमेरिकी मुद्दा सम्हालिरहेका उत्तर कोरियाली विदेश मन्त्रालयका उपमहानिर्देषक छोए काङ इल पनि उपस्थित थिए । उत्तर कोरिया र अमेरिकीबीचको सम्भावित बैठकअघि आवश्यक कूटनीतिक विषयमा छलफल गर्न उनी यसै हप्ताको सुरुवातमा फिनल्यान्ड आएका थिए ।
धेरै वर्षमा यसरी कोरियाली प्रायद्विपमा शान्ति स्थापना गरि तनाव कम गराउने उद्देश्यले यस प्रकारको बैठक बसेको बताइएको छ । विदेश मन्त्रालयले बैठकको प्रमुख एजेन्डाबारे भने कुनै जानकारी दिएको छैन् तर छलफलका समयमा अमेरिका र युरोपका निरीक्षक पनि उपस्थित भएको बताएको छ ।
मंगलबार फिनल्यान्डका विदेश मन्त्री टिमो सोइनीले भने वार्ताका क्रममा उत्तर कोरियालाई परमाणु मुक्त बनाउने सम्बन्धि चाहिँ कतै उल्लेख नभएको बताएका हुन् । गत हप्ता ट्रम्प–किम भेटवार्ताको तयारीकै लागि स्वीडेन पुगेका उत्तर कोरियाली विदेश मन्त्रीले तीन दिन लामो छलफल गरेका थिए ।


