Breaking News.... EverestOnlineKhabar
June 4, 2026

भ्रष्टाचार आरोपमा फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीमाथि अनुसन्धान सुरु

Loading

बीबीसी । फ्रान्स सरकारले पूर्व राष्ट्रपति निकोलस सार्कोजीविरुद्ध पदमा रहँदा भ्रष्टाचार गरेको अभियोगमा औपचारिक अनुसन्धान थालेको छ ।

सार्कोजीले राष्ट्रपति पदमा रहँदा लिबियाका तत्कालिन शासक मुआम्मर गद्दाफीसँग एक अभियानमा सहयोग स्वरुप ठूलो रकम लिएको आरोप छ । सार्कोजीले अवैध अभियानलाई आर्थिक सहयोग गरेको, लिबियाले सार्वजनिक कोषका लागि प्रदान गरेको सहयोग रकमको दुरुपयोग गरेको र नीतिगत भ्रष्टाचार गरेको पनि आरोप लगाइएको छ ।

यसबारे फ्रेन्च प्रहरीले लगातार २ दिनसम्म सार्कोजीसँग सोधपुछ गरेको जनाइएको छ । ६३ बर्षीय सार्कोजीले भने आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन । सन् २०१२ मा राष्ट्रपतीय निर्वाचनमा हार ब्यहोरेपछि नै सार्कोजीविरुद्ध पदीय दुरुपयोग गरेको आरोप लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed