![]()
बीबीसी । अमेरिकाले चीनविरुद्ध नाकावन्दी लगाउने तयारी गरेको छ । अमेरिकी व्यवसायको बौद्धिक सम्पत्ती चोरी गर्नेलाई बढावा दिएको भन्दै ट्रम्प प्रशासनले चीनविरुद्ध नाकावन्दी लगाउने तयारी गरेको हो ।
सो मुद्दामा लामो समयदेखि छलफल भएपनि असफल भएकाले नाकावन्दी लगाउने तयारी गरिएको ट्रम्प प्रशासनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार ट्रम्प प्रशासनले चाँडै यसबारे घोषणा गर्नेछ ।
ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी गरे विश्वव्यापी रुपमै व्यापार युद्ध हुनसक्ने आशंका गरिएको छ । अमेरिकाको नयाँ घोषणामा करमा उच्च वृद्धि गर्ने, लगानीमा प्रतिबन्ध लगाउने, स्थानीय कम्पनीहरुसँग साझेदारीमा रोक लगाउने लगायत प्रतिबन्ध आउनसक्ने अनुमान गरिएको छ ।


