Breaking News.... EverestOnlineKhabar
June 4, 2026

जापानी ओसाकले गरिन सेरेनालाई मायामी ओपन टेनिसको पहिलो चरणबाटै आउट

Loading

एजेन्सी । पूर्व विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स मायामी ओपन टेनिसको पहिलो चरणबाट बाहिरीएकी छिन् । पहिलो चरणको खेलमा जापानकी नाओमी ओसाकासँग पराजित हुँदै सेरेना प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

ओसाकाले सेरेनालाई ६ – ३ र ६ – २ को सेटमा पराजित गरेकी हुन् ।

आमा बनेको ६ महिनापछि टेनिस कोर्टमा फर्किएकी सेरेनाको यो दोस्रो प्रतियोगिता हो । यसअघि सेरेनाले इन्डियन वेल्स खेल्दै टेनिस कोर्टमा फर्किएकी हुन् । उक्त प्रतियोगितामा सेरेना तेस्रो चरणसम्म पुगेकी थिइन् । सेरेनाले गत सेप्टम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed