Breaking News.... EverestOnlineKhabar
August 16, 2026

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै, चैत २३ गते दिल्ली प्रस्थान गर्ने

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चैतको अन्तिम साता भारत भ्रमणमा जाने हुनु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत हुने भएको हो । चैत अन्तिम साताको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरिसकेको छ ।

प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणका लागि जाने तयारी छ । चुनावमा वाम गठबन्धन विजयी हुनेवित्तिकै भारतीय समकक्षी नरेन्द्र मोदीले ओलीलाई टेलिफोनबाट भ्रमणको निम्तो दिएका थिए । सरकार गठनअगावै भारतीय विदेशमन्त्री नेपाल आएर ओलीलाई सरकार गठनको शुभकामना दिनुका साथै भ्रमणका लागि निम्ता गरेकी थिइन् ।

यसअघि २०७२ असोज २४ मा पहिलो पटक प्रधानमन्त्री भएका ओलीले त्यसै वर्षको फागुन ७ देखि ११ सम्म भारतको राजकीय भ्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.