Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पकेटमार श्रीमानलाई छुटाउन प्रहरीलाई श्रीमतिको ‘तीन लाख घुस प्रस्ताव’

Loading

काठमाडौं । एक पाकेटमारकी श्रीमतिले आफना श्रीमानलाई छुटाउन प्रहरीलाई नै घुस खुवाउन खोजेपछि आफै खोरमा पुगेकी छिन । प्रहरीले पाकेटमार श्रीमान र घुस दिन खोज्ने श्रीमति दुवै जनालाई पक्राउ गरी थुनेको हो ।

काठमाडौंलाई आधार बनाएर ठूलो ‘पकेटमारी’ गर्दै आएको जोडीलाई महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दम्पत्ती विवेक लामा र शर्मिला लामा रहेका छन् ।

पकेटमार श्रीमान प्रहरी हिरासतमा रहेका बेला छुटाउन भन्दै शर्मिलाले प्रहरीलाई तीन लाख २४ हजारको अफर गरेकी थिइन् । बुधबार मात्रै विवेकले कोटेश्वरबाट चावहिल जाँदै गरेको बसमा सवार सरोज कार्कीबाट ७५ हजार लुटेका थिए । शर्मिलाले श्रीमानलाई छुटाउन रकमको प्रस्ताव गर्दै प्रहरीलाई वनकाली क्षेत्रमा बोलाएपछि प्रहरीले समात्ने योजना बनाएको थियो । प्रहरीका अनुसार यो ठूलो पकेटमार समूह हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed