Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौ,चैत ।
सरकारको कामकारवाहीलाई सही तरिकाले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गरेको छ । आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरुप प्रधानमन्त्रीको सचिवालयमा संख्या कटौती गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए । उनका अनुसार यसअघि सचिवालयमा ४७ सदस्य रहँदै आएकामा अब २८ सदस्य बनाउने तयारी गरिएको छ ।
राज्यमन्त्री बाँस्कोटाले कतिपय सहसचिवस्तरका कर्मचारीलाई उपसचिव र त्यो भन्दा तल्लो तहमा सचिवालय सदस्य राखिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed