![]()
एजेन्सी । ब्राजिलियन फुटबल स्टार नेयमार खुट्टामा लागेको चोट र त्यसपछि शल्यक्रिया गरेर अहिले मैदानमा बाहिर छन् । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का ब्राजिलियन स्टार स्ट्राइकर नेइमार क्लब प्रतियोगितामा यो सिजन मैदानमा फर्किने छैनन् ।
तर उनी आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलका लागि भने तयार हुने ब्राजिलको राष्ट्रिय टिमका डाक्टरले बताएका छन् । नेयमार आफूलाई लागेको चोटका कारण निराश रहेको तर उनी विश्वकपमा मैदान फर्किनेमा ढुक्क रहेको डाक्टरले बताएका हुन् ।
टिम डाक्टर रोड्रिगो लास्मारले सुरुमा केही चिन्ता लागेको तर अहिले राम्रोसँग सुधार भइरहेकाले विश्वकपमा नेयमार हुनेमा ढुक्क हुन सबैसँग आग्रह गरे । गएको फेब्रुअरीमा लिग वान फुटबलको क्रममा नेइमार चोटग्रस्त भएका थिए ।


