Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौ,चैत ।
सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले नाम नपठाएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । फोरमका लागि छुट्याइएको दुई मन्त्री र एक राज्यमन्त्रीमा सो दलबाट नाम प्राप्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई नियुक्त गर्ने प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
यही चैत २ गते भएको मन्त्रिपरिषद्को तेस्रो विस्तारमै सामेल हुने अपेक्षा गरिएको फोरमले संविधान संशोधनमा ठोस सहमति खोजेको र सो दलभित्र मन्त्री को हुने भन्नेमा विवाद देखिएका कारण त्यस दिन मन्त्री सिफारिश गरेको थिएन । तेस्रो विस्तार हुँदा राज्यमन्त्रीसहित २२ सदस्यीय मन्त्रिमण्डल बनेको थियो । संविधानअनुसार बढीमा २५ मन्त्री रहनेछन् । स्वास्थ्य र शहरी विकास मन्त्रालय फोरमलाई दिने तयारी देखिएको छ ।
प्रधानमन्त्री मुख्य राजनीतिक सल्लाहकार रिमालले भनेः‘ उहाँहरुसँग सकारात्मक छलफल भइरहेको छ, नाम आएपछि नियुक्ति हुन्छ, हामी कुरिरहेका छौँ ।’
फोरमले संविधान संशोधनमा ठोस सहमति नभएसम्म सरकारमा सहभागी नहुने अडान लिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.