Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रदेश ३ को राजधानी सार्न असम्भव रहेको माओवादी अध्यक्ष दाहालको टिप्पणी

Loading

हेटौडा,चैत ।
सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले अब राजधानी सार्ने कुरा असम्भब भएको बताएका छन् । अध्यक्ष प्रचण्डले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने कुरामा बहस चलाउनुको औचित्य नभएको बताए ।
सिराहामा भारत सरकारको सहयोगमा निर्माण हुने हुलाकी मार्गको शिलान्यास गरेपछि प्रचण्ड व्यवसायी अजयेराज सुमार्गीले व्यवस्था गरेको हेलिकोप्टर चढेर मंगलबार हेटौंडा आएका थिए । बुधबार बिहान प्रेस सेन्टर नेपालले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ३ नम्बर प्रदेशको नामाकरण र राजधानीको बिषयमा छलफल भएपनि अघिल्लो सरकारले निर्णय गरेअनुसार नै औपचारीक कार्यक्रम भैरहेकाले यहाँबाट राजधानी नसर्ने बताए ।
सबै काम र पूर्वाधारको व्यवस्थापन हेटौंडामा भैसकेकाले राजधानी सार्ने कुरा अब धेरै गर्न नहुने र जिम्मेवार पदमा रहेकाले बोल्दै हिँड्न नहुने उनले बताए । प्रदेश सरकारमा रहदै आएको संकटलाई निराकरण गर्न सरकार अब प्रदेशका लागि आवश्यक कानुन र नीति निर्माणमा अघि बढ्ने उनले जानकारी दिए । प्रदेश सरकारलाई चलायमान बनाउनका लागि आवश्यक कानुन निर्माणसँगै सुशासन, स्थायीत्व, बिकास र समृद्धिको दिशामा अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो ।
राष्ट्रिय मुद्दामा समझदारीका साथ अघि बढ्ने प्रयत्न गरिरहेको बताउँदै प्रचण्डले सरकारलाई मधेस केन्द्रित दुबै दलले विश्वासको मत दिएकाले राजनीति सहज ढंगबाट अघि बढ्ने र देशमा बिकासले गति लिने प्रचण्डले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed