Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पूर्व प्रधानमन्त्री खनाल आफना मतदाताको घर दैलोमा, गाउँगाउँमा ‘विकास’ छलफल

Loading

इलाम । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आफनो निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुगेका छन । केही दिनअघि गृह जिल्ला इलाम पुगेका खनाल सन्दकपुर गाउँपालिका अन्तर्गतका बिभिन्न वडाको भ्रमणमा व्यस्त रहेका छन ।

चुनाव जितेपछि पहिलोपल्ट आफ्नो निर्वाचन क्षेत्र पुगेका वरिष्ठ नेता खनालले सन्दकपुर गा.पा. अन्तरर्गतका विभिन्न वाडका जनतासंग प्रत्यक्ष अन्तक्रिया गरिरहेका छन । स्थानीय जनताका समस्या एवम गुनासा सुन्नेदेखि स्थानीय आवश्यकता र बिकास निर्माण सम्बन्धि छलफलमा उनी सक्रिय रहेका छन ।

नेता खनाल गृह जिल्ला पुगेपछि पार्टीका नेता कार्यकर्तादेखि लिएर सर्वसाधारणले समेत विकास सम्बन्धी छलफलमा सक्रियता देखाएका छन । नेता खनालले सन्दकपुरको विभिन्न वडामा गई विकास निर्माण सम्बन्धि सम्भावनाका क्षेत्र र आफनो योजनाबारे त्यहाँका जनतालाई स्पष्ट पार्ने प्रयास गरेका छन । बिगतमा पनि आफूले जिल्लाको चौतर्फी विकासका लागि इमान्दारितापूर्वक काम गरेको र अब पनि उदाहरणीय काम गरेर देखाउन प्रयत्नशील रहेको उनले बताए ।

नेता खनालले भने, ‘पूर्वकै रमणीय र पर्यटकीय स्थल सन्दकपुरमा भैतिक पुर्वाधारका विशेष कदम चाल्ने प्रतिबद्धता जनाउँछु । ’

बिराटनगर र झापाका अगुवा कार्यकर्तासंग भेटघाट र छलफल गरी खनाल इलाम पुगेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed