Breaking News.... EverestOnlineKhabar
June 4, 2026

युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका २३ बंगलादेशीको शव दूतावासले बुझ्यो

Loading

काठमाडौ,चैत ।
युएस बंगलाको विमान गएको सोमबार दुर्घटना हुँदा ज्यान गुमाएका बंगलादेशी नागरिकको शव काठमाडौंमा रहेको बंगलादेश दूतावासले बुझेको छ । विमान दुर्घटनामा ज्यान गुमाएका मध्ये पहिचान भएका २३ बंगलादेशी नागरिकको शव काठमाडौंमा रहेको बंगलादेशी दूतावासले आज बिहान बुझेको हो ।
दूतावासका अधिधकारीले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि पहिचान भएका २३ शव बुझेको हो । ती शव कफिनमा राखेर दूतावासले नै बंगलादेश पठाउने छ ।
गएको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा चालक दलका सदस्यसहित ७१ जना रहेको युए बंगलाको विमान दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो । त्यसमा २२ नेपाली नागरिकको पनि ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed