Breaking News.... EverestOnlineKhabar
June 5, 2026

राजपा पनि सरकारमा जाने,रेशम चौधरीलाई रिहा गर्न प्रधानमन्त्री ओली तयार

Loading

काठमाडौ,चैत ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पनि केपी ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राजपा पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको हो । प्रधानमन्त्रीको आश्वासनपछि नै सांसद चौधरीले शुक्रबार अनशन तोडेका थिए । त्यसक्रममा गृहमन्त्री रामबहादुर थापा र राजपा अध्यक्षमण्डलका सदस्यहरुसमेतको उपस्थित थियो । सरकारमा जाने उद्देश्य राखेर नै राजपाले ओलीलाई संसदमा विश्वासको मत दिएको थियो ।
राजपा नेता चौधरी २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एसएसपीसहित ७ सुरक्षाकर्मी तथा दई वर्षे बालकको हत्याका आरोपी हुन् । उनले भूमिगतरुपमै राजपाबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा चुनाव जितेका थिए । संविधान संशोधनलगायत विषयमा राजनीतिक सहमति गरी फोरम र राजपा दुवै दललाई एकैपटक सरकारमा ल्याउने ओलीको चाहना छ ।
राजपा पनि सरकारमा सहभागी भए मन्त्रालयको संख्या अझै बढ्ने देखिन्छ । ओली नेतृत्वको सरकारले मन्त्रालयको संख्या घटाएर १८ पुर्याएको थियो । भागबन्डामा अपुग भएपछि बढाएर २१ पुर्याएको हो । संविधानको धारा ७६ को उपधारा ९ अनुसार २५ भन्दा बढी मन्त्री राख्न नपाइने व्यवस्था छ । राजपा सरकारमा आउने भए थप दुई मन्त्रालय बढाउने संकेत सरकारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed