![]()
एजेन्सी । विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिमा उत्रिएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्डलाई नेपाली बलरले आच्छुआच्छु पारेका छन । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले सुरुवाती तीन ब्याट्सम्यानलाई आउट गरेपछि नेदरल्याण्डमा ब्याकफुटमा धकेलिएको छ । त्यसमै सन्दिप लामिछानेले पनि विकेट लिएपछि नेदरल्याण्ड समस्याग्रस्त भएको छ ।
एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइ मात्र हो । खेलको बिजेता सातौं स्थानमा हुनेछ भने हार्ने टोलीले आठौं स्थान प्राप्त गर्नेछ ।


