Breaking News.... EverestOnlineKhabar
August 26, 2026

एफबीआइका पूर्वउपनिर्देशक एन्ड्रयु मकेब अवकाशको दुइ दिनअघि बर्खास्त

Loading

बीबीसी । अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआइका पूर्वउपनिर्देशक एन्ड्रयु मकेबलाई अवकाश पाउनुभन्दा दुई दिनअघि पदबाट बर्खास्त गरिएको छ।

महान्यायाधिवक्ता जेफ सेसनले उनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् । त्यसको अर्थ मकेबले निवृत्तीभरणसम्बन्धी केही अधिकारहरू गुमाउनेछन्। उनी हिलरी क्लिन्टनको इमेल प्रयोग प्रकरण र सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको आरोपसम्बन्धी छानबिनमा संलग्न थिए।

राष्ट्पति ट्रम्पले विगतमा निरन्तर मकेबको आलोचना गर्ने गरेका थिए। उनलाई बर्खास्त गर्ने निर्णयलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा मकेब एफबीआइभित्र उच्च तहमा भएका भ्रष्टाचार र ठगीबारे जानकार भएको उल्लेख गरेका छन्।

पछिल्लो निर्णयलाई ट्रम्पले सही भन्दै त्यो मेहनती एफबीआइका कर्मचारीका लागि खुशीको दिन भएको जनाएका छन्। एउटा वक्तव्यमा मकेबले आफूले निर्वाह गरेका भूमिका र एफबीआइका तत्कालीन निर्देशक जेम्स कोमीलाई बर्खास्त गरिएपछिका घटनाहरूबारे थाहा पाएकाले आफूलाई एक्ल्याइएको बताएका छन्।

मकेबले हिलरी क्लिन्टनको इमेल प्रयोग प्रकरणसम्बन्धी अनुसन्धानसम्बन्धी सूचना एकजना पत्रकारलाई उपलब्ध गराउन आदेश दिएका थिए। तर एफबीआइकै व्यावसायिक जिम्मेवारी हेर्ने एउटा निकायले उनले उक्त ’बिफ्रिङ्ग’ बारे पूर्ण रूपमा सही निर्णय नलिएको निष्कर्ष निकालेको थियो। मकेबले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.