![]()
एजेन्सी,चैत ।
साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानले परमाणु बम बनाए साउदी अरबले पनि बनाउने चेतावनी दिएका छन् ।राजकुमार प्रिन्सले अमेरिकी च्यानल सीबीएस न्युजसँग कुरा गर्दै भनेका छन्ः‘हाम्रो देश परमाणु हतियार राख्न चाहँदैन । तर, यो कुरामा शंका छैन । यदि इरानले परमाणु बनायो भने हामी पनि त्यो काम गर्न सक्छौं ।’
सन २०१५ मा विश्वका विभिन्न मुलुकको साथ भएको सम्झौतामा इरानले परमाणु कार्यक्रम रोकिदिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुन सक्ने धम्कि दिए । मध्य पूर्वमा साउदी अरब र इरानको दुश्मनी निकै पुरानो हो । दुबै देशमा इस्लामको अलग–अलग प्रभुत्व छ । साउदी अरबमा सुन्नीको प्रभाव छ भने इरानमा शिया बलिया छन् ।
प्रिन्स मोहम्मद बिन सलमान साउदी अरबका रक्षामन्त्री समेत हुन् । उनले सीबीएस न्युजलाई एक घण्टाको अन्तरवार्ता दिएका छन् । उक्त अन्तरवार्तामा उनले यो पनि सम्झाएका छन् कि गएको नोभेम्बरमा उनले इरानका प्रमुख नेता अयोतुल्लाह अली खमेनीलाई मध्यपूर्वको नयाँ हिटलर भनेका थिए ।
प्रिन्स भन्छन्ः‘खमेनी मध्यपूर्वमा आफ्नो अलग्गै योजनामा काम गर्न चाहन्छन् । ठीक यसरी हिटलर आफ्नो हिसाबले सोच्थे ।’ साउदी अरब अमेरिकाको प्रमुख सहयोगी मुलुक हो । उसले सन् १९८८ मा परमाणु हतियार सम्बन्धी प्रभावकारी सन्धिमा हस्ताक्षर गरेका थिए ।


