Breaking News.... EverestOnlineKhabar
June 5, 2026

भारतीय क्रिकेटका कप्तान कोहलीको फोटो हटाएर आईसीसीले ट्वीटरमा राख्यो नेपाली खेलाडीको फोटो

Loading

काठमाडौ,चैत ।
नेपालले पपुवा न्यूगिनीलाई हराएर र नेदरल्याड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेको छ । नेपाली क्रिकेट इतिहासमै यो एउटा सुनौलो अक्षरले लेखिएको छ । आईसीसीले नेपालले कसरी एक दिवसीय मान्यता हात पार्न सफल भयो भन्ने कथा मात्रै लेखेको छैन, नेपालको सफलतामा उसले आफ्नो अफिसियल ट्वीटर र फेसबुक पेजको कभर फोटो नै चेन्ज गरेको छ ।
यसअघि भारतीय कप्तान विराट कोहलीको तस्बिर राखिएको कभरपेजमा आज नेपाली क्रिकेट खेलाडीको फोटो राखिएको छ । नेपालको यो सफलतालाई आईसीसी, सन्दीप लामिछाने अनुबन्धित आईपीएल टोली दिल्ली डेयरडेभिल्सम्मले बधाई दिएका छन् ।
नेपालको यो ऐतिहासिक सफलतामा सारा नेपाली खेलप्रेमी त खुशी छन् नै नेपाली क्रिकेटलाई माया गर्ने विश्वका अन्य क्रिकेटर तथा संघ संस्थाले पनि बधाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed