Breaking News.... EverestOnlineKhabar
August 27, 2026

Loading

काठमाडौं । सर्वोच्च अदालतका कायममुकामय प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदका सचिव नृपध्वज निरौलाले पत्र काट्नेबारे आफूलाई पहिल्यै जानकारी रहेको खुलासा गरेका छन्।

न्याय परिषदका सचिव नृपध्वज निरौलाले बुधबार पत्र काटेर प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकारी गराएका थिए। सोही पत्रका आधारमा पराजुली पदमुक्त भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका जोशीले उक्त पत्रबारे भने, ’पत्र काट्ने सचिवको व्यक्तिगत निर्णय होइन, यो जानकारी मात्र गराइएको हो।’

निरौलाले व्यक्तिगत रुपमा पत्र काटेको भन्ने जिज्ञाशामा जोशीले पत्र काट्नेबारे आफूलाई पूर्वजानकारी रहेको प्रष्ट पारे। कसले पत्र काट्न लगाएको भन्नेबारे भने उनले केही बताएनन्।

जोशीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै मुद्दा आफैले हेरेर गल्ती गरेको पनि बताए। जोशीले पराजुलीको विषयमा थप कदम आफू प्रधानन्यायाधीश भएपछि चाल्ने बताए।

उनले भने, ’अहिले देखिएको समस्या समाधान गर्न कहिलेकाँही पछि पनि हट्न सक्नुपर्छ। म अघि बढेँ बढेँ भनेर हुँदैन, पराजुली पछि हटनुपर्छ । अदालतमा देखिएका कमी कमजोरी हाम्रै हो, अरुलाई दोष दिएर हुन्छ र?’

जोशीले सर्वोच्च अदालतको व्यस्थापनपक्षलाई आफ्नो कार्यकालमा चुस्त दुरुस्त राख्नेसमेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.