![]()
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिएको छ । कांग्रेस सांसद पुष्पा भुसालले उपसभामुख पदमा उम्मेदवार दर्ता गराएकी हुन् ।
अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।
यस्तै वाम गठबन्धनबाट उपसभामुखमा शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिएकी छन्। उनको प्रस्तावकमा देव गुरुङ र समर्थका रवीन्द्र अधिकारी थिए ।
संघीय संसद् सचिवालयले शुक्रबारे दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि समय तय गरेको छ ।


