![]()
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेकी छन ।
गृह मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको थियो । भेटमा दुवै देशको सुरक्षा अवस्था र चुनौतीका बिषयमा समेत छलफल भएको बताइएको छ ।
भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको धारणा राखेका थिए । उनले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिए ।
अमेरिकी राजदूत टेप्लिज्ले नेपालको गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेकोमा मन्त्री थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेकी थिइन ।


