![]()
एजेन्सी । विश्वचर्चित अस्ट्रेलियन स्टार बलर मिचेल जोनसोनको टाउकोमा गम्भीर चोट लागेको छ। जिममा वर्कआउटका दौरान उनको टाउकोमा चोट लागेको हो । उनको टाउकोमा १६ टाँका लगाइएको छ ।
जोनसोनले सामाजिक सञ्जाल ट्वीटरमा तस्बीर पोस्ट गर्दै आफू घाइते भएको जानकारी गराएका छन । चोट लागेपनि आफू खतरामुक्त रहेको उनले उल्लेख गरेका छन ।

३६ वर्षीय जोनसोनलाई आइपिएलमा जारी सिजन कोलकाता नाइट राइडर्सले टिममा अनुबन्धन गरेको छ। जोनसोनलाई उनको बेस प्राइस २ करोडमा केकेआरले आबद्ध गरेको हो। केकेआरले उनी चाँडै ठीक हुने विश्वास लिएको छ। उनी गत सिजन मुम्बई इन्डियन्समा आबद्ध रहेका थिए।


