![]()
एजेन्सी । गायक उदितनारायण झाका छोरा आदित्यनारायण झा भारतीय प्रहरीको फन्दामा परेका छन । आदित्यले आफैले चलाएको गाडीले एउटा अटोलाई ठक्कर दिएपछि प्रहरीले उनलाई गिरफ्तार गरेको हो ।
आदित्यले चलाएको मर्सिडिज गाडीले ठक्कर दिंदा अटो चालक र अटोमा सवार एक महिला घाइते भएका छन् । आदित्यले मदिरा सेवन गरी गाडी चलाएको पाइएको छ ।
३० वर्षीय आदित्यको बिरुद्ध आइपीसीको धारा २७९ एवं ३३८ अनुसार केश दर्ता भएको छ । सुरुमा उनलाई हिरासतमा लिइए पनि १० हजार धरौटीमा प्रहरीले छोडेको थियो ।
आदित्यका विवादस्पद गतिविधि सार्वजनिक हुँदै आएका छन ।


