![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्ने दाबी गरेका छन्।राष्ट्रपति ट्रम्पले भने, ‘वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिए बमोजिम त्यस वार्तामा महत्वपूर्ण उपलब्धि हुने सम्भावना अत्यधिक रहेको छ।’
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा परमाणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएकाले आफू वार्तामा बस्न सहमत भएको उनले स्पष्ट पारे।
यही वार्ताकै लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरूसँग पनि कुराकानी गरेको र उनीहरूको पनि समर्थन र सहयोग रहेको उनले स्पष्ट पारेका थिए। उनले भने, ‘मलाई उत्तर कोरियाली अधिकारीले परमाणु अस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरूले आगामी दिनमा गर्ने सम्भावना पनि छैन। त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ।’
उत्तर कोरियाली नेता किम र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ। वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेका थिए।


