![]()
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले दुर्घटनामा भएको मानविय क्षतिबारे जानकारी दिएका हुन ।
३५ जनाको मृत्यु दुर्घटनास्थलमा र १४ जनाको अस्पतालमा मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा अधिकांश नेपाली छन । बिमानमा ३३ जना नेपाली रहेको बताइएको छ ।
बिमानमा चालकदलका सदस्य सहित ७१ जना सवार थिए । विमान अपराह्न २ बजेर १८ मिनेटमा दुर्घटना भएको थियो।


