Breaking News.... EverestOnlineKhabar
June 5, 2026

४ बुँदे सहमतिपछि टीकापुर घटनामा थुनिएका २४ कैदीले अनसन त्यागे

Loading

कैलाली । कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा शपथ खुवाउनुपर्ने लगायत बिभिन्न ४ बुँदमा सहमति भएपछि उनीहरुले अनशन स्थगित गरेका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन । कैलाली १ बाट निर्वा्चित भएका रेशम चौधरीको शपथका लागि सम्बन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्िर्तका लागि १५ दिन भित्र सम्वोधन गरिनुपर्ने बिषयमा सहमति भएपछि उनीहरुले अनसन तोडेका हुन ।

१५ दिन भित्र आफ्ना माग पूरा नभए पुनः आमरण अनशन बस्ने चेतावनी उनीहरुले दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed