Breaking News.... EverestOnlineKhabar
June 5, 2026

स्मार्टफोन ग्यालेक्सी एस ९ र एस ९ प्लस नेपाली बजारमा सार्वजनिक

Loading

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नेपाली बजारमा स्मार्टफोन ग्यालेक्सी एस ९ र एस ९ प्लस ल्याएको छ । कम्पनीले सोमबार एक कार्यक्रम गरी कम्पनीका दुई स्मार्टफोन सार्वजनिक गरेको हो ।

नयाँ फानेमा प्रयोगकर्ताले कुराकानी गर्न, आफ्ना अनुभव विश्वसामु सेयर गर्न सक्ने कम्पनीले जनाएको छ । दुवै फोनमा इमेज, भिडियो तथा इमोजी सेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । यसमा संशोधित गरिएको डुयल एपेर्चर लेन्स, लो लाईट क्यामेरा तथ सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा र पर्सनलाईज्ड ए आर इमोजीजसँगै डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ ।

एस ९ र एस ९ प्लसमा एकेजी, अझ बढी सुधारिएको रिफाइन्ड एज टु एज इन्फिनिटी डिस्प्ले तथा नयाँ स्मार्टफोन एप, सामसङको विद्यमान आईओटी सेवासहित उपलब्ध रहेको छ । यी फोनमा भएका यस्ता सुविधा मार्फत् एक फोनमा व्यापक सुविधाहरु प्राप्त गर्न सकिजे कम्पनीको दावी छ ।

ग्यालेक्सी एस ९ र एस ९ प्लस फोनको मूल्य क्रमशः ९२,९०० र १०,४९०० रुपैयाँ तोकिएको छ । दुवै फानमा ५००० रुपैयाँ क्यास व्याक दिइएको छ । यी दुवै सेटको प्रि–बुकिङ यही सोमबारदेखि गई गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।
यी दुई स्मार्टफोन यही मार्च २३, २०१८ बाट नेपालमा उपलब्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed