![]()
काठमाडौं । न्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलास बहिष्कार गरेका छन ।
प्रधानन्यायाधीश पराजुली गत साउनमै अवकाश भइसक्नुपर्ने व्यक्ति भएकाले सँगै बसेर न्याय सम्पादन गर्न नसक्ने भन्दै न्यायाधीश राणाले पूर्ण इजलास बहिस्कार गरेका हुन ।
उनले न्यायपरिषद् ऐनको व्यवस्थाअनुसार २०७४ साल साउन २१ गते नै अवकाश पाउनुपर्ने भए पनि पराजुली पदमै रहेकाले आफूले सँगै बसेर न्याय सम्पादन गर्न नसक्ने जिकीर गरेका छन ।
न्यायाधीश राणाले इजलास बहिष्कार गरेपछि डा. गोविन्द केसी र कान्तिपुर पब्लिकेसनको मुद्दामा सुनुवाइ हुन सकेन ।


