![]()
एजेन्सी,फागुन ।
अमेरिकाका जासुसीका प्रमुखले अमेरिका र उत्तर कोरियाका नेताबीचको भेटमा ठूलो चुनौति रहेको बताएका छन् । ‘राष्ट्रपति ट्रम्प कुनै थ्रिएटरका लागि नाटक गरिरहनु भएको छैन, आइतबार अमेरिकी जासुसीका प्रमुखले फक्स न्यूजलाई भनेः‘ उहाँ समस्याको समाधान गर्न लागिरहनुभएको छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया र अमेरिकाबीचको वार्ता विश्वका लागि ठूलो उपलब्धि रहेको बताउनुभएको छ ।
तर, ट्रम्पका आलोचकहरुले उक्त बैठक निराशामा टुङ्गिए विश्वमा पहिलाको भन्दा ठूलै खतरा आउने चेतावनी दिएका छन् । पदमा रहेका बेला अमेरिकाका कुनै पनि राष्ट्रपतिले उत्तर कोरियाका नेतासँग यस्ता गम्भीर विषयमा भेटघाट गरेका छैनन् । तर, ट्रम्पले दक्षिण कारियाको पहललाई स्वीकारेर वार्ता गर्न सहमत भएका हुन् । ट्रम्पको उक्त निर्णयप्रति उनकै प्रशासन अचम्ममा परेका थियो ।
विश्वभर उत्तर कोरियाको आणविक कार्यको बिरोध भैरहेको बेलामा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भेटवार्तालाई सबैले महत्वका साथ हेरेका छन् ।
सन् २००३ देखि नै उत्तर कोरियाले आणविक हतियारको सन्धि उलङ्घन गरे पनि उक्त विषयमा विश्वले छलफल र वार्ता गर्न असफल भएको थियो । अमेरिकाको‘सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी’ का निर्देशक माइक पोम्पीयोले उत्तर कोरियाको अर्थतन्त्रमा नकारात्मक असर परेकाले वार्ता सम्भव भएको बताएका छन् ।


