![]()
काठमाडौं । काठमाडौं उपत्यकामा मेघ गर्जनसहित असिना र बर्षा भएको छ । स्थानीय वायुको प्रभावका कारण आइतबार दिउँसो काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा असिनासहित बर्षा भएको हो ।

जल तथा मौमम बिभागका अनुसार देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य छ ।
मध्य र पूर्वी पहाडी क्षेत्रमा पनि मेघ गर्जनसहित बर्षा भएको छ । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ ।


