![]()
रूपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत हासिल गरेका छन । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत प्राप्त गरेका हुन । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ ।
एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वासको मत मागेका थिए । संसद बैठकमा उनले चिनीयाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताए ।
पूर्ब पश्चिम रेल प्रदेशमा डीपीआर अन्तिम चरणमा सबै क्षेत्रमा एकैपटक काम हुनुपर्ने भन्दै उनले रामग्रादेखि तिलौराकोटसम्म मोनोरेलको सम्भावनाको चर्चा गरेका हुन् ।
दाङमा राजधानी बनाउने एजेण्डासहित चुनाव प्रचार गरेका मुख्यमन्त्री पोखरेलले विश्वासको मत माग्दै संसदमा सबैलाई पायक पर्ने गरी राजधानी बनाउनुपर्ने र सहमतिका आधारमा सफलतापूर्वक समाधान गरिने धारणा राखे ।


