![]()
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ आउँदो जेठ ११ गते रिलिज हुने भएको छ । चलचित्रका निर्देशक प्रदीप श्रेष्ठले चलचित्रको लगभग सबै काम सकिएको जानकारी दिंदै फिल्म रिलिजको मिति जेठ ११ गतेका लागि तय गरिएको जानकारी दिए ।
निर्देशक श्रेष्ठको निर्देशनमा आकाश श्रेष्ठ र आँचल शर्माले फिल्मको मुख्य भूमिका निभाएका छन । फिल्ममा नायक धिरेन शाक्य, आयुष रिजाल र सुशील क्षेत्रीको पनि भूमिका रहेको उनले बताए ।

प्रत्येक व्यक्ति र समाजले भोग्ने बिषयवस्तुलाई नै चलचित्रको कथाबस्तु बनाइएको छ । फिल्ममा ‘प्रेम’ लाई बिशेष स्थान दिइएको छ । फिल्मको एउटा गीत सार्वजनिक गरिएको छ जसले छोटो समयमै राम्रो चर्चा लिएको छ । गीतमा गायक तथा संगीतकार प्रतिक पौडेलको स्वर शब्द र संगीत छ । गत बिहीबार सार्वजनिक गरिएको गीतको गायन, नृत्य एवम छायाङ्कन निकै प्रशंसनिय छ ।

फिल्मका आश्मा पाण्डेले लगानी गरेका छन । फिल्मले लगानी उठाउने मात्र होइन दर्शकको मन पनि राम्रैसंग जित्ने निर्देशक श्रेष्ठको बिश्वास छ ।

