![]()
काठमाडौ,फागुन ।
चलचित्र ‘पंचायत’ को भव्य रेड कार्पेट प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । चलचित्र हेर्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र झलनाथ खनाल कुमारी हल पुगे । यस्तै, पूर्व अर्थमन्त्री बर्षमान पुन, पूर्व गृहमन्त्री जनार्दन शर्मा, पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल, नेकपा एमालेका यूवा नेता योगेश भट्टराई लगायत हल पुगेका थिए । चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट कथामा चलचित्र बनेको बताउँदै कलाकारको अभिनय, प्रस्तुतिको खुलेरै प्रशंसा गरे ।
वि.सं २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सँस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।
चलचित्र हेरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चलचित्र यथार्थ, रोचक र मार्मिक भएको बताए ।उनले भनेः‘चलचित्रमा समाजको यथार्थ प्रतिबिम्व छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’


