Breaking News.... EverestOnlineKhabar
June 5, 2026

मन्त्रिमण्डल विस्तारमा ढिलाईःराजपालाई सरकारमा ल्याउन माओवादी केन्द्र अनिच्छुक

Loading

काठमाडौ,फागुन ।
मधेश केन्द्रत दल राष्ट्रिय जनपा पार्टी (राजपा) लार्इ सरकारमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरिरहेका छन् ।तर,बामगठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्रका नेताहरू भने प्रधानमन्त्री ओलीको उक्त कदमप्रति असहमत देखिएका छन्।
प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओली राजपालार्इ सरकारमा ल्याउन उत्साही भए पनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु यस कुरामा सहमत छैनन्। पछिल्ला दिनहरूमा अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच सूक्ष्म रूपमा छलफल भइरहेको छ।
आइतबार भएको संघीय संसदहरुका सदस्यको सपथग्रहण समारोहमा राजपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री ओलीले सरकारमा आउन आग्रह गरेका थिए। शुक्रबार बिहान प्रधानमन्त्री ओली र ठाकुरबीच भएको टेलिफोन कुराकानीमा ओलीले राष्ट्रपतिमा विद्या भण्डारीलाइ भोट दिएर बिनासर्त सरकारमा आउन आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed