![]()
एजेन्सी । आर्थिक अपचलन गरेको आरोप लागेका मरिशसका राष्ट्रपति अमीनाह गरिब–फकिमले राजीनामा दिने प्रधानमन्त्री प्रविन्द जुगनाथले जानकारी दिएका छन्।
अफ्रिकी महादेशमै एक मात्र महिला राष्ट्राध्यक्ष रहेकी गरिब फकिममाथि एक गैरसरकारी संस्थाले उपलब्ध गराएको बैक कार्ड प्रयोग गरी आर्थिक अपचलनमा सम्लग्न रहेको आरोप लागेको छ । उनले यही मार्च १२ मा हुने ५० औँ स्वतन्त्रता दिवसमा सहभागी भएपछि राजीनामा दिने तयारी गरेको बताइएको छ।
राष्ट्र प्रमुखबाट हुने उनको बहिर्गमनका लागि हामीबीच सहमति भएको छ, जुगनाथले पोर्ट लुइसमा सञ्चारकर्मीसँगको कुराकानीमा भने । प्रधानमन्त्रीले राष्ट्रपतिको राजीनामा कुन दिन हुने भन्ने बिषयमा भने बोल्न चाँहेनन्।प्रधानमन्त्री जुगनाथले भने, “पदभन्दा राष्ट्रको हित सर्वोपरी हुने गर्छ । त्यसैले राष्ट्रका लागि आफ्नो पद त्याग्न तयार भएका छन् ।”५५ बर्षीय गरिब फकिमले सन् २०१५ मा मरिशसको पहिलो राष्ट्रपति बनेकी थिइन्।


